दार्चुला । दार्चुलामा निषेधाज्ञा १० दिन थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले पहिलो चरणमा बैशाख २६ गते देखि बैशाख ३१ गते (आज) सम्म निषेधाज्ञा जारी गरेको थियो । संक्रमण दर बढ्दै गएपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले थप १० दिन निषेधाज्ञा जारी गर्न प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेपछि प्रशासन कार्यालयले जेष्ठ १० गते सम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला कोभीड – १९ संकट व्यवस्थापन केन्द्रको सिफारिशमा निषेधाज्ञा थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो । जिल्लामा कोरोना भाईरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोक्नका लागि थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइने छैन् । बजार बन्द रहेपनि खाद्यान्न तथा तरकारी पसल स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै बिहान ९ बजे सम्म मात्रै खोल्न पाइनेछ ।
कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताइएको छ ।
हेर्नुहोस जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको निषेधाज्ञा आदेश






प्रतिक्रिया