दार्चुला । कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन थालेको बेला जिल्ला प्रहरी कार्यालय दार्चुलाले अक्सिजन सिलिण्डर संकलन गर्न थालेको छ ।
अहिलेसम्म जिल्ला प्रहरी कार्यालय दार्चुलाले ३ थान अक्सिजन सिलिण्डर संकलन गरि शुक्रवार (आज) जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरेको छ ।
अस्पताललाई २ थान भरिएको र एक थान खाली गरी तीन थान सिलिण्डर बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पछि फिर्ता गर्ने गरि जिल्लास्थित विभिन्न उद्योग, सप्लायर्स, ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य संघसंस्थासँग रहेका खाली तथा भरिएका अक्सिजन सिलिण्डर संकलन गर्दै अस्पताललाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अस्पतालमा अक्सिजन अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कोरोना संक्रमितको उपचारमा सहज होस भन्ने उद्धेश्यले सिलिण्डर संकलन गरेर अस्पताललाई बुझाउन थालिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) मनोहरप्रसाद भट्टले बताउनुभयो ।
दार्चुलामा अहिले कोरोनाका तीन सय बढी सक्रिय संक्रमित रहेका छन् । भने पाँच जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।


तस्बिर : पत्रकार सुन्दरसिंह धामी





प्रतिक्रिया