अपिहिमालकी एक महिलाको अस्पताल भर्ना गरिएको १५ मिनेटमै मृत्यु

दार्चुला । जिल्ला अस्पताल दार्चुलाबाट थप उपचारको लागि डडेल्धुरा रेफर गरिएकी ३८ वर्षीया एक महिलाको उपचारको क्रममा ज्यान गएको छ ।

अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–५ बस्दै आउनुभएका महिलाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

डडेल्धुरा अस्पतालमा भर्ना गरिएको १५ मिनेटमै ती महिलाको मृत्यु भएको आफन्तले जनाएका छन् ।

डडेल्धुरा अस्पतालमा राती १२ :१५ बजे भर्ना गरिएको थियो । भर्ना गरेको १५ मिनेटमै ती महिलाको मृत्यु भएको आफन्त जनक ठेकरेले बताएका छन ।

बिहीबार मात्रै कोरोनाको नयाँ भेरियन्टको संक्रमण देखिए पछि जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो । फोक्सोमा समस्या देखिन थालेपछि शुक्रबार थप उपचारको लागि डडेल्धुरा लगिएको थियो । मृतक महिला निमोनियाको बिरामी रहेको दार्चुला अस्पतालले जनाएको छ ।

यो संगै दार्चुलामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यसअघि व्यासँ गाउँपालिकाका, नौगाड गाउँपालिका, महाकाली नगरपालिका र मार्मा गाउँपालिकाका एक/एक जना पुरुष र शैल्यशिखरका एक महिला संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका नौँ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।

हालसम्म जिल्लाको अपिहिमाल गाउँपालिकामा सबै भन्दा बढी एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली नगरपालिकामा ९७ जनामा, शैल्यशिखर नगरपालिकामा ४५ जनामा, ब्याँस गाउँपालिकामा ६ जनामा, दुहुँ गाउँपालिकामा १० जनामा, मार्मा गाउँपालिकामा २७ जनामा, नौगाड गाउँपालिकामा ३ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा र लेकम गाउँपालिकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।

जिल्लामा कोरोना संक्रमणको कारण छ जनाको मृत्यु भइसकेको र २९ जनाले कोरोना जितेको तथा २९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस : दार्चुलाबाट एक संक्रमित महिलालाई डडेल्धुरा रेफर गरियो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?