दार्चुला । दार्चुलामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला अस्पताल दार्चुला र पुलघाट नाकामा गरिएको एन्टीजेन परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पष्टि भएको हो ।
जिल्ला अस्पतालमा ४ जना र पुलघाटमा १ जनामा गरि आज थप ५ जानमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो । आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय ३० पुगेको छ ।
जिल्लामा हाल सम्म ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । हिजो जिल्ला अस्पताल दार्चुलाबाट थप उपचारको लागि डडेल्धुरा रेफर गरिएकी ३८ वर्षीया एक महिलाको उपचारको क्रममा ज्यान गएको छ । अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका वडा नम्बर ५ बस्दै आउनुभएका एक महिलाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । यो संगै दार्चुलामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
यसअघि व्यासँ गाउँपालिकाका, नौगाड गाउँपालिका, महाकाली नगरपालिका र मार्मा गाउँपालिकाका एक÷एक जना पुरुष र शैल्यशिखरका एक महिला संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका नौँ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।
हालसम्म जिल्लाको अपिहिमाल गाउँपालिकामा सबै भन्दा बढी एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महाकाली नगरपालिकामा १ सय २ जनामा, शैल्यशिखर नगरपालिकामा ४५ जनामा, ब्याँस गाउँपालिकामा ६ जनामा, दुहुँ गाउँपालिकामा १० जनामा, मार्मा गाउँपालिकामा २७ जनामा, नौगाड गाउँपालिकामा ३ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा र लेकम गाउँपालिकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।
जिल्लामा कोरोना संक्रमणको कारण छ जनाको मृत्यु भइसकेको र ३९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।





प्रतिक्रिया