दार्चुलामा संक्रमितको संख्या ३३३ पुग्यो, ४३ जना संक्रमणमुक्त

दार्चुला । दार्चुलामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३३३ पुगेको छ । आइतबार थप चार जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या तीन सय ३३ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला अस्पताल दार्चुला र पुलघाट सिमानाकामा गरिएको एन्टीजेन परिक्षणमा आइतबार दुई÷दुई जनामा संक्रमण पुष्टि भएको छ । आइतबार थप ४ जना कोरोना संक्रमणमुक्त भएका छन । हाल सम्म जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ पगेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

अहिले जिल्लामा २ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । भने ६ जनाको उपचारको क्रममा ज्यान गएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा २० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार बैशाख १५ गते यता आइतबार सम्म २० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मार्मा गाउँपालिकाका ४ जना, लेकम गाउँपालिकाका २ जना, शैल्यशिखर नगरपालिकाका ८ जना, अपिहिमाल गाउँपालिकाका ३ जना, मालिकार्जुन गाउँपालिकाका १ जना र महाकाली नगरपालिकाका २ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । संक्रमित भएका सबै स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

लेकम गाउँपालिकाका २ र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पतालका ३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणमुक्त भइसकेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?