दार्चुला । दार्चुला जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरु जेठ १ गतेदेखि दिनको दुई घण्टाका लागि खुलिरहेका छन् ।
कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा अवधिभर बैंक तथा वित्तिय संस्थाहरु विहान ८ बजेदेखि विहान १० बजेसम्म दिनको दुई घण्टा मात्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेपछि बैंकहरु दिनको दुई घण्टा मात्रै सञ्चालन भइरहेका हुन् । सेवाग्राहीहरु अन्यौलमा परेर दिउँसोको समयमा समेत बैंक धाउने गरेकोले जानकारीको लागि निषेधाज्ञा आदेशमा समेत बैंक विहान ८ देखि १० बजेसम्म मात्र सञ्चालन हुने उल्लेख गरिएको लक्ष्मी बैंक लेकम शाखाका कर्मचारी रमेशराज जोशीले बताउनुभयो ।
गत बैशाख ३० गते जिल्ला प्रशासन कार्यालय दार्चुलाद्दारा जेठ १० गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञा आदेशमा समेत जिल्लास्थित बैंक तथा वित्तिय संस्थाहरुलाई जेठ १ गतेबाट बिहान ८ बजेदेखि बिहान १० बजेसम्म २ घण्टाका लागि सेवा प्रवाह गर्न आह्वान गरिएको छ ।
दार्चुला सदरमुकाम खलंगासहित सबै स्थानीय तहका बैंकहरु विहान दुई घण्टामात्रै सञ्चालन भइरहेको बताइएको छ ।

यो पनि पढ्नुहोस : दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा, कडाइका साथ पालना भएन





प्रतिक्रिया