दार्चुलाका सामुदायिक वनहरुमा चोरी सिकारी बढ्दै

दार्चुला । पछिल्लो समय दार्चुलामा चोरी सिकारी बढेको छ । सरकारले राष्ट्रिय वनको संरक्षण गर्न सामुदायिक वनको अवधारणा लागू गरी समुदायलाई वन हस्तान्तरण गरेपनि सामुदायिक वन संरक्षण हुनुको साटो सामुदायिक वनमा दिनानु दिन चोरी–सिकारी बढ्दै गएको लेकमका स्थानीय मोहन साउदले बताउनुभयो ।

डिभिजन वन कार्यालय दार्चुला अन्तर्गत कुल एक सय ७१ र अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय अन्तर्गत एक सय १४ गरी दुई सय ८५ सामुदायिक वन रहेका छन् । मालिकार्जुन, लेकम, शैल्यशिखर लगायतका स्थानीय तहका सामुदायिक वनहरुमा चोरी गर्ने, हतियार र पासो थापेर अवैध रूपमा वन्यजन्तुको सिकार गर्ने क्रम बढेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको धौखानी सामुदायिक वन र कौलासैन सामुदायिक वन क्षेत्रमा दिनहु जसो चोरी सिकारी भइरहेको स्थानीय अनिल धामीले बताउनुभयो ।

दैनिक चोरी सिकारीका घटना भएपनि रोकथामका लागि सम्बन्धित निकायको त्यसतर्फ ध्यान जान नसकेको लेकमका स्थानीय नरेश खत्रीले गुनासो गर्नुभयो । डिभिजन वन कार्यालय दार्चुलाले भने त्यस्तो कतै बाट जानकारी आएमा कानुन बमोजिम कार्वाही गरिरहेको जनाएको छ । जिल्लाको धाप क्षेत्रबाट बैसाख ३० गते एक जनालाई वनजन्तुको चोरी सिकारी गरेको अभियोगमा प्रकाउ गरि कार्वाही प्रक्रिया अगाडी बढाएको डिभिजन वन कार्यालय दार्चुलका डिभिजन अधिकृत गोकुल रिजालले बताउनुभयो ।

निषेधाज्ञाका कारण युवाहरु गाउँ फर्किएकोले चोरी सिकारीका घटनामा बृद्धि भएको स्थानीयहरु बताउछन् । वन्यजन्तु सिकारी तथा वन पैदावार साम्रागीको चारी पैठारी गरेको सूचना भएमा वन कार्यालयलाई जानकारी गराउन रिजालले आग्रह गर्नुभयो । बनसम्पदाको संरक्षण र बृक्षारोपणका लागि हरेक वर्ष बजेट विनियोजन हुदै आएपनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीयहरुले काम गर्न नसकेको उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?