मास्क र सेनिटाइजर वितरण अभियानमा युवा नेता भण्डारी

दार्चुला । युवा व्यवसायी एबं नेकपा माओवादी केन्द्र दार्चुलाका युवा नेता भुवनसिंह भण्डारीले मास्क र सेनिटाइजर वितरण कार्यलाई अभियानकै रुपमा सञ्चालन गर्नुभएको छ ।

आइतबार गोकुलेश्वरका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गर्नुभएका भण्डारीले सोमबार जिल्लास्थित सुरक्षा र सञ्चारकर्मीहरुलाई मास्क र सेनिटाइजर वितरण गर्नुभएको छ ।

सोमबार दार्चुलामा सञ्चालित एफ.एम. रेडियोहरु र सुरक्षा निकायहरुका लागि मास्क र सेनिटाइजर पठाइएको भण्डारीले बताउनुभयो ।

आइतबार शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ मा रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर, गोकुलेश्वर अस्पताल, बादी समुदाय र गोकुलेश्वरस्थित सञ्चारकर्मीहरुलाई मास्क र सेनिटाइजर वितरण गर्नुभएको थियो ।

कोरोना रोकथामका लागि शैल्यशिखर नगरपालिकाका सबै वडाहरुमा मास्क र सेनिटाइजर वितरण कार्यलाई अभियानकै रुपमा सञ्चालन गर्ने योजना अनुरुप विभिन्न संघ, संस्था र स्थानीयहरुलाई मास्क र सेनिटाइजर वितरण गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले गत साता कोरोनाका कारण गोकुलेश्वर अस्पतालमा मृत्यु भएका बादी समुदायका एक महिलाको परिवारलाई २५ किलो चामल, एक किलो दाल, दुई किलो नुन, एक लिटर तेल लगायत खाद्यान्न समेत वितरण गर्नुभएको छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?