मार्माका १३ सहित थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४९ पुग्यो

दार्चुला । मार्मा गाउँपालिकाका १३ सहित दार्चुलामा सोमबार (आज) थप १६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

११ जनाको पिसिआर र ५ जनामा एन्टीजेन विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको पिसिआर परिक्षण ११ जना र ५ जनाको एन्टीजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

आज थपिएकामा मार्मा गाउँपालिकाका १३ र महाकाली नगरपालिकाका ३ जना रहेका छन । आज थपिएका सहित दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता संक्रमण पुष्टि हुनेको संख्या ३ सय ४९ पुगेको छ ।

हाल सम्म जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढी १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अपिहिमाल गाउँपालिकाका १ सय ६ जनामा, मार्मा गाउँपालिकामा ४० जनामा, शैल्यशिखर नगरपालिकामा ४५ जनामा, व्याँस गाउँपालिकामा ६ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा, लेकम गाउँपालिकामा १७ जनामा, नौगाड गाउँपालिकामा ३ जनामा, र दुँहु गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा आज थप ७ जना कोरोना संक्रमण मुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५० पुगेको छ । त्यस्तै आज थप १ जना कोरोना संक्रमित पुरुषको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ज्यान गएको छ।

आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएका दुँहु गाउँपालिका वडा नम्बर ३ घर भएका ७२ वर्षीय पुरुषको आज विहान ज्यान गएको हो । यो संगै दार्चुलामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

आज मृत्यु भएका पुरुषको नेपाली सेनाले महाकाली नदी किनारमा शव व्यवस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?