अपिहिमालको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घर-घरमै पठाएर गाउँपालिकावासीको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य परामर्श सेवा दिन थालेको छ ।

निषेधाज्ञाको समयमा पनि स्वास्थ्यकर्मी सहितको टोलीले घरघरमा पुगेर बिरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल (डिएन घाजिरेल) ले जानकारी दिनुभयो ।

गाउँपालिकाका सबै घरधुरीमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य अवस्थाबारे बुझ्ने, प्राथमिक उपचार गर्ने र निःशुल्क औषधि वितरण गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष मन्यालले बताउनुभयो ।

निषेधाज्ञाका कारण अस्पतालसम्म पुग्न नपाई औषधि सेवनबाट बञ्चित भएका बिरामीहरु र असहाय, अशक्त तथा नियमित उपचारबाट वञ्चित स्थानीयहरुलाई घरमै प्राथमिक औषधि वितरण तथा स्वास्थ्य परीक्षण र परामर्श सेवा दिइरहेको गाउँपालिकाले जनाएको छ ।

कोरोना संक्रमितलाई गाउँपालिकाले निर्माण गरिरहेका आइसोलेसनमा तत्काल राखिने र गम्भीर बिरामीलाई अस्पतालको आइसोलेसनसम्म पठाउने व्यवस्थ गर्न लागिएको गाउँपालिकाले जनाएको छ । संक्रमितलाई स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराइने बताइएको छ ।

नेपालको संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा व्यवस्था गरिएअनुसार गाउँपालिकाको स्रोत साधन प्रयोग गरी स्वास्थ्यकर्मीहरु गाउँघरमै उपचारका लागि पठाइएको जनप्रतिनिधिहरुले बताएका छन् । घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम चालु आर्थिक वर्षभरी निरन्तर सञ्चालन गरिने गाउँपालिका अध्यक्ष मन्यालले बताउनुभयो ।

हाल अपिहिमाल गाउँपालिकामा ११७ जना कोरोनाका संक्रमित छन । संक्रमितहरुलाई राख्न गाउँपालिकाका विभिन्न स्थानमा गरी ३५ शैय्याको आइसोलसन बनाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

सायद 1 व्यक्ति, उभिएको तथा घरबाहिर को तस्बिर हुनसक्छ

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?