महाकाली नगरपालिकामा एकैदिन ४३ जना संक्रमित थपिए

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा मंगलबार ४३ जना कोरोना संक्रमित थप भएका छन् ।

बैशाख ३१ गते स्वाब संकलन गरि जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पठाइएका एक सय ५१ जना मध्ये महाकाली नगरपालिकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो । यस्तै जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।

पीसीआर बिधिबाट संक्रमण पुष्टि हुने हरुमा २४ जना पुरुष, १८ जना महिला रहेका छन् । संक्रमितमध्ये नेपाल प्रहरीका छ जना र सशस्त्र प्रहरीका तीन जना रहेको बताइएको छ ।

मंगलबार ४३ जना संक्रमित थपिएसंगै महाकाली नगरपालिकामा सक्रिय संक्रमितको संख्या डेढ सय नाघेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएयता जिल्ला अस्पतालमा ४७ जना, पुलघाट नाकामा २६ जना र नगरपालिका भित्र अन्य ७८ जनामा गरी १५१ जनामा संक्रमण पुष्टि भएको महाकाली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

फोटो विवरण उपलब्ध छैन।

यो पनि पढ्नुहोस : दार्चुलामा थप ४८ जानमा कोरोना पुष्टि, संक्रमितको संख्या चार सय नजिक

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?