दार्चुला अस्पतालमा अक्सिजन अभाव, कोरोना संक्रमित डडेल्धुरा रेफर

दार्चुला । स्वासप्रस्वासमा समस्या देखिएपछि दार्चुलाबाट थप एक जना कोरोना संक्रमित पुरुषलाई डडेल्धुरा रेफर गरिएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषलाई डडेल्धुरा अस्पताल रेफर गरिएको जिल्ल अस्पताल दार्चुलाले जनाएको छ ।

जेठ १ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि भर्ना गरिएको थियो । स्वासप्रस्वासको समस्या बढ्न थालेपछि दार्चुलाबाट डडेल्धुरा रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।

अहिले उहाँको शरीरमा अक्सिजनको मात्रा ६२ को लेबलमा चलिरहेको अस्पतालले जनाएको छ । दार्चुला अस्पतालमा अक्सिजन र आईसियु प्रर्याप्त नभएका कारण उहाँलाई थप उपचारका लागी डडेल्धुरा रेफर गरिएको भट्टले बताउनुभयो ।

जिल्ला अस्पताल दार्चुलामा अहिले सात जना कोरोना संक्रमतिको उपचार भइरहेको छ । हालसम्म एक जना महिला सहित तीन जनालाई अस्पतालबाट रेफर गरिएकोमा दुई जनाको मृत्यु भइसकेको छ ।

दार्चुला अस्पतालमा प्रदेश सरकारको सहयोगमा प्राप्त दुई वटा भेन्टिलेटर मध्ये एउटा मात्रै सञ्चालनमा छ । दोस्रो भेन्टिलेटर सञ्चालनका लागि आवश्यक उपकरण मगाइएको अस्पतालले जनाएको छ ।

बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालमा अक्सिजन, आइसियु र भेन्टिलेटर थप आवश्यक परेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजित सिह धामीले बताउनुभयो ।

अहिले दार्चुलामा महाकाली नगरपालिकाका १५१ सहित जिल्लाभरी चार सय कोरोना संक्रमित रहेका छन् । अधिकासं सक्रमित होम आइसोलेसनमा भएकोले अस्पताल भर्ना गर्नुपर्ने अवस्था आए सम्भव नरहेको बताइएको छ ।

दार्चुलामा कोरोना संक्रमणका कारण आठ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?