दार्चुला । दार्चुलामा आज (बुधबार) थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टीजेन र पिसिआर विधिबाट गरिएको परिक्षणमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएकामा जिल्लाको लेकम गाउँपालिकाका १८ जना रहेका छन । व्यास गाउँपालिकाका १६, शैल्यशिखर नगरपालिकामा ५, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र मार्मा गाउँपालिकामा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज थपिएका सहित दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ सय ३६ पगेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलाको महाकाली नगरपालिकामा सबै भन्दा बढी १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अपिहिमाल गाउँपालिकामा १ सय ६ जनामा, शैल्यशिखर नगरपालिकामा ५१ जनामा, मार्मा गाउँपालिकामा ४१ जनामा, लेकम गाउँपालिकामा ३५ जनामा, व्यास गाउँपालिकामा २२ जनामा, मालिकार्जुन गाउँपालिकामा १५ जनामा, दुहुँ गाउँपालिकामा ११ जनामा र नौगाड गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण देखिएकामा गोकुलेश्वरका ३ जना, लेकमका १८ र ब्यासका १६ जनामा पिसिआर विधिमार्फत संक्रमण पुष्टि भएको र अन्यको एन्टीजेन परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
आज मात्रै जिल्लामा ६० जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै दार्चुलामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १ सय १३ पुगेको छ ।
जिल्ला कोरोनाको दोस्रो लहर सुरु भए यता ९ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । आजमात्रै महाकाली नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय एक पुरुषको उपचारका लागि डडेल्धुरा अस्पताल लैजादै गर्दा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ धामीगाडामा ज्यान गएको छ ।






प्रतिक्रिया