दार्चुला । मंगलबार दिउँसो २ बजेतिर चौलानी नदीमा बगेर बेपत्ता भएकी एक बालिका अहिलेसम्म नभेट्टिएको प्रहरीले जनाएको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ३, ओसपका धौलसिंह गोयलाकी ११ वर्षीया छोरी पुष्पा गोयला मंगलरबार दिउँसो चौलानी नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एबं प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनुभयो।
बेपत्ता बालिकाको परिवार, स्थानीय र प्रहरीले मंगलबार र बुधबार खोजि गरेपनि भेट्टाउन नसकिएको बताइएको छ ।
बुधबार मौसम समेत प्रतिकुल भएकोले कोजि कार्यमा अवरोध भएको छ । नदीमा बगेको दुई दिन भइसकेकोले बालिकालाई जीवित भेट्टाउने सम्भावना नरहेको बताइएको छ ।





प्रतिक्रिया