दार्चुला । ह्युमानिटी फाउण्डेसन नेपालले दार्चुलाको गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।
सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलामा अक्सिजन अभाबका कारण संक्रमितको उपचारमा समस्या हुन थालेपछि शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।
गोकुलेश्वर अस्पतालमा सक्दो चाडो प्लान्ट स्थापना गर्ने आफुहरुको लक्ष्य रहेको फाउण्डेसनका महासचिव दीर्घ उपाध्यायले बताउनुभयो । दार्चुला भन्दा अघि सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमती भईसकेको फाउण्डेसनले जनाएको छ ।
शंकर ग्रुप, ईन्फिनिटी होल्डिङ्स र हामी नेपालीको सहकार्यमा दुबै अस्पतालमा राखिने अक्सिजन प्लान्ट बुक गरिसकेको उहाँले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणका लागि, स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट लगायतका उपकरण खरीदका लागि ह्युमानिटी फाउण्डेसनलाई एक करोड रुपैया दिने निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयले दीएको रकम हामीले नलिएको बताउदै फाउण्डेसनका महासचिव उपाध्यायले सुदूरपश्चिमका दूर दराजमा अक्सिजन प्लान्ट स्थापना तथा नागरिकको जीवन रक्षाका लागि गरिने प्रयत्नहरुमा रकम अभाव भएमा मन्त्रालयको बजेट खर्च गरिने बताउनुभयो ।





प्रतिक्रिया