धौलीगंगा बाँधको ढोका खोलिने, नदी तटिय क्षेत्रमा सतर्क रहन आग्रह

दार्चुला । नदीमा पानीको बहाव बढेपछि धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका जुनसुकै बेला खोलिने भएको छ । भारतीय विद्युत निर्माता एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेशनले ड्याम जुनसुकै बेला पनि खोल्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गरेको हो ।

सोही पत्रलाई अधार मान्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सूचना जारी नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेको छ, नदी तटीय क्षेत्रमा नजान सबैमा सचेत गराइन्छ, प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

भारतले निर्माण गरेको धौलीगंगा परियोजना भन्दा तल नेपालको व्यास गाउँपालिकाको धौलाकोट, दुहुँ, महाकाली, मालिकार्जुन र लेकम गाउँपालिकाका वस्तीहरु पर्छन् । सो क्षेत्रका नागरिकलाई महाकाली नदी किनारमा नजान प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना मार्फत आग्रह गर्नुभएको छ ।

२०७० सालको बाढिको बेला धौलीगंगा परियोजनाको ड्यामबाट आएको पानीले दार्चुलाको नदी तटिय क्षेत्रमा करोडौँको धनजनको क्षती भएको थियो ।

पछिल्लो समय नेपालले विरोध जनाए पछि भारतले धौलीगंगामा पानी बढ्ने बेला जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गर्ने गरेको छ । पुर्व सूचना आउने गरेकोले सतर्कता अपनाउन सजिलो भएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?