दार्चुलामा दैनिक उपभोग्य सामग्रीको भाउ आकासियो

दार्चुला । दार्चुलाका बिभिन्न बजारहरुमा अहिले दैनिक उपभोग्य सामग्रीको भाउ आकासिएको छ । कोरोना कहरका कारण जारी गरिएको निशेधाज्ञाका बेला बजारमा खाद्यान्नको भाउ बढेको हुदाँ स्थानिय उपभोक्ता समस्यामा परेका छन् ।

केही दिन अघि सम्म ८० देखि ९० रुपयाँ प्रतिकेजी रहेको चिनीको भाउ अहिले १ सय १५ देखि १ सय ३० रुपैया सम्ममा बिक्रि भैरहेको स्थानीयहरुले बताएका छन । अहिले जिल्ला सदरमुकाम देखि स्थानीय बजार सम्म सबैजसो सामग्रीमा भाउ बढेको स्थानिय उपभोक्ता मुकेश गिरीले गुनासो गर्नुभयो ।

यसरी उपभोग्य सामग्रीको बजारभाउ आकासिएकाले मजदुर वर्ग बढी मारमा परेका छन् । मजदुर वर्गले अहिले निशेधाज्ञाका बेला मजदुरी समेत गर्न नपाउदाँ दैनिक जीवन धान्नै मुस्कील भएको छ ।

व्यापारीहरुले भने सामानको खरिद मुल्य नै बढेर आएकाले महंगोमा सामान बेच्नु परेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?