दार्चुलामा थप ५२ जानमा कोरोना पुष्टि, संक्रमितको संख्या ५२४ पुग्यो

दार्चुला । दार्चुलामा आज थप ५२ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टीजेन र पीसीआर विधिबाट गरिएको परीक्षणमा जिल्लामा थप ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

पीसीआर विधिबाट शैल्यशिखर नगरपालिकाका २८ जना र नौगाड गाउँपालिकाका २३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुलामा गरिएकोे एन्टीजेन परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ सय २४ पुगेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या १५० पुगेको बोहराले बताउनुभयो ।

जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भए यता दुई महिला र ८ पुरुष गरी १० जनाको कोरोना सक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?