दार्चुला । महाकाली नदीमा आएको बाढीले निर्माणाधीन तडबन्धको निर्माण सामग्री बगाएको छ ।
महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण कार्य चलिरहेको श्रीवगड क्षेत्रमा नदीले सामग्री बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले जानकारी दिनुभयो ।
राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तडबन्ध निर्माण क्षेत्रमा रहेको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मा लगायतका सामग्री नदीले बगाएको पौडेलले बताउनुभयो ।
तडबन्धमा ढल भरिएकोले अन्य के कति क्षति भएको बारे एकिन भइनसकेको आयोजनाले जनाएको छ । करिब २० लाख बराबरको निर्माण सामाग्री र उपकरण बगाएको हुनसक्ने अनुमान गरिएको छ ।
निरन्तर वर्षा र भारतले धौलीगंगा परियोजनाको ड्याम खोलेका कारण महाकाली नदीमा बाढी आएर आयोजनाको तडबन्धमा क्षति पुगेको बताइएको छ । २०७० सालमा आएको बाढीले दार्चुलाको महाकाली नदी तटीय क्षेत्रमा करोडौँको धनजनको क्षती भएको थियो ।





प्रतिक्रिया