दार्चुला । दार्चुलामा शनिबार (आज) १६ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार शनिबार १६ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
शुक्रवार (हिजो) २७ जना संक्रमित संक्रमणमुक्त भएका थिए । कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म १ सय ६६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
शनिवार दार्चुलामा एक जनामा मात्रै संक्रमण देखिएको छ । खलंगा पुलघाटमा गरिएको एन्टिजेन परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको बोहराले बताउनुभयो ।
शनिवार एकजना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय २५ पुगेको छ । दुई महिला सहित १० जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाका सबै स्थानीय तहमा गरी तीन सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।





प्रतिक्रिया