दार्चुला । दार्चुलामा सोमबार (आज) एकैदिन ४८ जनाले कोरोना जितेका छन् ।
शनिवार १६ जना संक्रमणमुक्त हुदा आइतवार ४८ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय १४ जनाले कोरोना जितेको उहाँले बताउनुभयो ।
आइतवार दार्चुलामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको सिआईसिटी सहजकर्ता बोहराले बताउनुभयो ।
पीसीआर परीक्षण गर्दा शैल्यशिखर नगरपालिकाका १२ जना र व्यास गाउँपालिकाका ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
एन्टिजेन परीक्षणमा दुहुँ गाउँपालिकामा ४ जना, नौगाड गाउँपालिकामा १ जना र जिल्ला अस्पताल दार्चुलामा २ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतवार २७ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ५२ पुगेको छ । कोरोनाका कारण १० जनाको ज्यान गुमाएका छन् ।





प्रतिक्रिया