नौगाडको दुर्गम गाउँ मानाकोटमा स्वास्थ्य इकाई केन्द्रको भवन निर्माण

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ को दुर्गम नागु क्षेत्रमा मानाकोट स्वास्थ इकाइ केन्द्रको भवन निर्माण सम्पन्न भएको छ ।

नौगाड गाउँपालिकाको ४० लाख लागतमा निसा निर्माण सेवा एन्ड सप्लायर्सले निर्माण गरेको भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको नौगाडबाट रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

२०७७ साल कात्तिक ३ गतेदेखि निर्माण कार्य शुरु भएको तीन कोठे उक्त भवमा प्रतिक्षालय र शौचालय समेत निर्माण गरिएको छ । भगौलिक विकटताका कारण विकासमा पछाडी परेको तथा सडक, विद्युत लगायत आधारभुत पुर्वाधारको पहुँच समेत नपुगेको दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि स्थानीयवासीले राहात महसुस गरेका छन् ।

केहि वर्ष पहिलेसम्म यो क्षेत्रका नागरिकले झण्डै छ घन्टा हिडेर प्राथमिक स्वास्थ्य सेवा लिनको लागि समेत इयरकोट जानुपर्थ्यो, धामीले भन्नुभयो, नागु क्षेत्रका मानाकोट, लक्सेरी, जात्रा लगायतका गुर्गम बस्तिका पन्ध्र सय बढी घरपरिवारले स्वास्थ इकाइ केन्द्र स्थापना भएपछि गाउँमै सेवा पाएका छन् ।

मानाकोटमा स्वास्थ इकाइ केन्द्र देश संघीयतामा गइसके पश्चात् नौगाड गाउँपालिकाले स्थापना गरेको हो। हालसम्म व्यक्तिगत घरबाट सेवा प्रवाह गरिदै आएकोमा अबदेखि सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको भवनबाट नै सेवा प्रवाह गर्ने तयारी थालिएको नौगाड गाउँपालिकाका योजना अधिकृत नरेन्द्र ठगुन्नाले बताउनुभयो ।

उक्त सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा १ जना अहेव, १ जना अनमी र १ जना कार्यालय सहयोगी गरि जम्मा ३ जना कर्मचारिहरु कार्यरत छन।

सिटामोलको लागि छ घन्टा हिडेर इयरकोट जानू पर्ने र कहिले त सिटामोल सम्म पनि नपाएर घर फर्किनु पर्ने अवस्था देखे पछि स्थानीय तहको चुनावको वेलामा नौगाड गाउपालिका अध्यक्ष प्रेमसिंह धामीले त्यस क्षेत्रका जनताहरुलाइ गाउँमा नै प्राथमिक उपचार गर्ने र औषधि उपलब्ध हुने गरि स्वास्थ्य संस्था स्थापना गर्ने आश्वासन दिनुभएको थियो । सोहि अनुसार चुनाव जिते लगत्तै सामुदायिक स्वाथ्य इकाई केन्द्र स्थापना गरि सेवा सुचारु गर्दै अहिले भवन समेत निर्माण सम्पन्न भएको ठगुन्नाले बताउनुभयो ।

स्थानीयतहको निर्वाचनपछि भौगोलिक रुपमा विकट रहेका नौगाड गाउँपालिकाका विभिन्न बस्तिहरुमा स्वास्थ्य सेवा विस्तार गरिएको छ । गाउँपालिका स्थापना हुनुभन्दा पहिले चार वटा स्वास्थ्य चौकी मात्र रहेको नौगाडमा थप दुई वटा आधारभुत स्वास्थ्य केन्द्र र आठ वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्र गरि १४ वटा स्वास्थ्य संस्थाहरु स्थापना भएका छन् ।

४ वटा स्वास्थ्य संस्थामा प्रयोगशाला र बर्थिङ सेन्टर थप गरिएको छ भने २ वटामा छिट्टै स्थापना गर्ने तयारि भइरहेको नौगाड गाउँपालिकाले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?