दार्चुलामा एकैदिन ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९१ पुग्यो

दार्चुला । दार्चुलामा सोमबार (आज) ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस सम्पर्क व्याक्ति बिरेन्द्रराज भट्टका अनुसार सोमबार दुहुँ गाउँपालिकाका २६ जना, लेकम गाउँपालिकाका ११ जना, नौगाड गाउँपालिकाका १ जना र खलंगा पुलघाटमा एक जनामा गरी ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

दार्चुलामा आज ३९ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ५९१ पुगेको छ ।

सोमबार (आज) तीन जना संक्रमित निको भएसंगै कोरोनामुक्त हुनेको संख्या २१७ पुगेको छ । आइतवार दार्चुलामा ४८ जनाले कोरोना जितेकोमा सोमबार तीन जनाले मात्रै कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता दार्चुलामा १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?