दार्चुला अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।

दुहुँ गाउँपालिका वडा नम्बर ४ घर भएका ५४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

आइतबार मात्रै जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका उहाँको सोमबार बेलुकी साढे ५ बजे ज्यान गएको उहाँले बताउनुभयो ।

आइतबार अस्पताल भर्ना भएपछि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको शरीरमा अस्पताल पुग्ने बेला अक्सिजनको मात्रै निकै कम अर्थात ६४ को लेबलमा रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

अहिले जिल्ला अस्पताल दार्चुलामा १३ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।

दार्चुलामा सोमबार (आज) मात्रै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस सम्पर्क व्याक्ति बिरेन्द्रराज भट्टका अनुसार सोमबार दुहुँ गाउँपालिकाका २६ जना, लेकम गाउँपालिकाका ११ जना, नौगाड गाउँपालिकाका १ जना र खलंगा पुलघाटमा एक जनामा गरी ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

दार्चुलामा आज ३९ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ५९१ पुगेको छ ।

सोमबार (आज) तीन जना संक्रमित निको भएसंगै कोरोनामुक्त हुनेको संख्या २१७ पुगेको छ ।

आइतवार दार्चुलामा ४८ जनाले कोरोना जितेकोमा सोमबार तीन जनाले मात्रै कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?