दुहुँमा वडा सदस्यको निधन, सबै वडा कार्यालयमा शोक बिदा

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्यको निधन भएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य दिल बहादुर बमको सोमवार निधन भएको हो । उहाँको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको आफन्तहरुले बताएका छन् ।

५४ वर्षीय बम केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । आइतवार अस्तपताल भर्ना गर्दा एन्टिजेन बिधिबाट कोरोना पोजेटिभ देखिएको थियो ।

वडा सदस्य बमको निधनपछि गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै मृतक वडा सदस्यप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

मंगलवार सबै वडा कार्यालयमा शोक बिदा दिने निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । वडा नम्बर ४ को कार्यालय भने ५ दिन बन्द रहने गाउँपालिकाले जनाएको छ ।

वडा सदस्य बमको निधनले गाउँपालिकाले एक असल जनप्रतिनिधि गुमाएको गाउँपालिका अध्यक्ष कार्कीको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?