दार्चुला । नौगाड गाउँपालिकाले विभिन्न वडाहरुबाट ४७ जनाको स्वाब संकलन गरेको छ ।
मंगलबार गाउँपालिकाले नौगाड गाउँपालिकाको वडा नम्बर १ ,२ ३ र ५ का ४७ जनाको स्वाब संकलन गरेको गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत कृष्णसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
कोरोना संक्रमितको प्रतक्ष सम्पर्कमा रहेका तथा भारतबाट आएर होमक्वारेन्टाइनमा रहेका र कोरोना संग मिल्दोजुल्दो लक्षण भएकाहरुको स्वाब संकलन गरिएको हो ।
गाउँपालिकाले ८ जना महिला तथा ३९ जना पुरुष गरी ४७ जनाको स्वाब संकलन गरेको स्वास्थ्य शाखाले जनाएको छ।
संकलन गरिएको स्वाब परीक्षणका लागि बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा पठाइएको छ ।
अहिलेसम्म गाउँपालिकाले ९० जना भन्दा बढिको स्वाब संकलन गरीसकेको जनाएको छ ।
नौगाड गाउँपालिकाका एक जना पुरुषको कोरोनाका कारण गोकुलेश्वर अस्पतालमा मुत्यु भएको छ ।
गाउँपालिकामा कोरोना संक्रमित थपिने क्रम जारी रहेकोले सतर्कता अपनाउन तथा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।









प्रतिक्रिया