दार्चुला । मालिकार्जुनका एक जना कोरोना संक्रमित युवक भागेका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १ का १७ वर्षीय युवक लाई अस्पतालको आइसोलेसनमा बस्न भनिएपछि छलेर घर गएको पाइएको छ ।
भारतको पिथौरागडबाट सोमबार नेपाल फर्किएका ती युवकको पुलघाट नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित जानकारी नगराएरै घर गएपछि अस्पतालले मालिकार्जुन गाउँपालिकालाई जानकारी गराएको छ ।
मालिकार्जुन गाउँपालिकाले भने कोरोना संक्रमित युवक घर पुगेर होम क्वारन्टिाइनमा बसिसकेको जनाएको छ ।





प्रतिक्रिया