दार्चुला । मार्मा गाउँपालिकामा करेन्ट लागेर दुई जना बालक घाइते भएका छन् ।
मार्मा गाउँपालिका वडा नम्बर ४ बस्ने सत्य धामीका छोरा अन्दाजी ९ वर्षीय रमित धामी र सोही ठाउँका पुरन धामीकी छोरी ११ वर्षीया करिना धामी भुईमै करेन्ट लागेर घाइते भएका हुन् ।
अपि हाइड्रोपावर कम्पनीले मार्मा गाउँपालिकामा निर्माण गर्न लागिएको जलविद्युत प्रयोजनका लागि विस्तार गरेको विद्युतीय लाइनमा दुबै जना लाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबार बिहान करिब १० बजेतिर करेन्ट लागेर घाइते दुबै जनाको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारका लागि दिउँसो धनगढी रेफर गरिएको छ ।
बाख्रा चराउन गएका बेला दुबै जना खेलिरहेका क्रममा पोलको सपोर्ट तार छुन गई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया