थप ६,७१४ जनामा कोरोना पुष्टि, १४५ को मृत्यु

दार्चुला । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।

गत २४ घण्टामा ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६ सय ७७ तथा ३ सय २२ एन्टिजेन परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय ७५ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६ सय ३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?