दार्चुला । दार्चुलामा बुधबार (आज) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका विभिन्न स्थानीयतहमा गरिएको एन्टीजेन परिक्षणमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बुधबार थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ सय ४ पुगेको छ ।
बुधबार जिल्लाको नौगाड गाउँपालिकामा ४ जना, दुहुँ गाउँपालिकामा ३ जना, मार्मा गाउँपालिकामा २ जना र लेकम गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुको महाकाली नगरपालिकामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै शैल्यशिखर नगरपालिकामा ८९ जनामा, अपिहिमाल गाउँपालिकामा १ सय ७ जनामा, ब्याँस गाउँपालिकामा ३० जनामा, दुहुँ गाउँपालिकामा ४४ जनामा, मार्मा गाउँपालिकामा ४४ जनामा, नौगाड गाउँपालिकामा ५४ जनामा, मालिकार्जुन गाउँपालिकामा २६ जनामा र लेकम गाउँपालिकामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै आज थप ७६ जना कोरोना संक्रमण मुक्त भएका छन ।
नौगाड गाउँपालिकाका ४३ जना, ब्याँस गाउँपालिकाका ३० जना र महाकाली नगरपालिकाका ३ जना कोरोना संक्रमण मुक्त भएका छन ।
यो संगै दार्चुलामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ सय २ पुगेको छ ।
दार्चुलामा हाल सम्म कोरोना संक्रमणको कारण १० जनाको ज्यान गएको छ ।





प्रतिक्रिया