दार्चुलामा बिहिबार ३६ जनामा कोरोना पुष्टि

दार्चुला । दार्चुलामा बिहिबार (आज) थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टीजेन विधिमार्फत गरिएको परिक्षणमा आज थप ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइसर फोकल प्रर्शन विरेन्द्र राज भट्टले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि हुनेमा मालिकार्जुन गाउँपालिकाका १४ जना, लेकम गाउँपालिकाका ११ जना , दुँहुँ गाउँपालिकाका ६ जना, मार्मा गाउँपालिकाका १ जना र महाकाली नगरपालिकाका ४ जना रहेका छन ।

आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ सय ४० पुगेको छ ।

त्यस्तै आज थप ६ जना कोरोना संक्रमण मुक्त भएका छन । यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ सय ८ पुगेको छ।

कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?