दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने बताउनुभएको छ ।
शुक्रवार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले पहिलो मात्रा खोप लगाएकाहरूले दोस्रो डोज खोप लगाउन पाइँदैन कि भनेर चिन्ता लिन नपर्ने बताउनुभयो ।
अहिलेसम्म नेपालमा ३२ लाख २८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको र त्यसमध्ये १० लाख डोज खरिद गरिएको भन्दै उहाँले अबको केही समयमै खोप सहज हुने बताउनुभयो ।
यस्तै उहाँले अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न पर्याप्त बजेट पठाइएको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण सहयोग गर्ने भारत, चीन, अमेरिका, स्पेन, जर्मनी, थाइल्यान्ड लगायत मित्र राष्ट्रलाई धन्यवाद दिनुभएको छ । यस्तै उहाँले आफ्नो गाँस कटाएर स्वास्थ्यमा सहयोग गर्ने खाडी देशमा रहेका नेपालीलाई धन्यवाद दिनुभएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि कोभिड सङ्कट व्यवस्थापन अध्यादेश जारी गरिएको भन्दै उहाँले अध्यादेशले स्वास्थ्य सङ्कटकाल लगाउन बाटो खोलेको बताउनुभयो ।
यस्तै ओलीले कोरोनाको विश्वव्यापी महामारीविरुद्ध लड्न जी–७ र टी–२० लगायत विकसित देशले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्नुपर्ने बताउनुभयो ।





प्रतिक्रिया