दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीले चार सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिनुभएको हो ।
नेपालको संविधानको धारा २७६ अनुसार फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतको आधारमा चार सय ३० जनाको बाँकी कैद कट्टा गरी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।






प्रतिक्रिया