महाकाली नगरपालिकाद्धारा खोप खरिदका लागि अनुमाति माग

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले कोरोना भाइरस विरूद्धको खोप खरिदका लागि संघीय सरकारसंग अनुमति माग गर्ने जनाएको छ ।

नगरपालिकाले नगरवासीहरूको लागि आफै खोप खरीद गर्न यस्तो निर्णय गरेको नगर प्रमुख हंशराज भट्टले जानकारी दिनुभयो।

महाकाली नगरपालिकाको जनसङ्ख्या २४ हजार ४ सय ८४ रहेका छ। त्यसमा पनि १८ वर्ष मुनीका ७ हजार ३ सय १३ जना रहेका छन। जसमा २ हजार २० जनाले खोप लगाइ सकेका छन। अब १५ हजार १ सय ५१ लाई खोप लगाउन बाँकी रहेको छ ।

प्रति व्यक्ति खोपको लागी हुन आउने सम्पूर्ण रकम नगरपालिकाले तिर्ने गरी, खोप उपलब्ध गराउन वा खोप खरीद गर्न अनुमतिका लागी नेपाल सरकार लाई पत्राचार गर्ने नगरपालिकाले जनाएको छ।

यस्तै नगरपालिकाले जिल्ला अस्पताललाई अक्सिजन रीफिल तथा व्यवस्थापनका लागि ५ लाख रुपैया दिने निर्णय गरेको नगरप्रमुख भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?