दार्चुलामा मौसम बद्ली, तीन दिनसम्म वर्षाको सम्भावना

दार्चुला । अहिले दार्चुलासहित देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

सुदूरपश्चिम, प्रदेश १ र २ का केही ठाउँमा भने हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि मौसम बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार दिउँसोपछि उपत्यकासहित केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ । प्रदेश १ र २ का केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना रहेको छ ।

आजराति पनि देशभर मौसम बद्ली रहने छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?