दार्चुला । दार्चुलाको लेकम गाउँपालिका र व्यास गाउँपालिकाका एक/एक वटा प्रहरी चौकी स्थापना हुने भएको छ ।
लेकम गाउँपालिकाको केन्द्र रातामाटा र व्यास गाउँपालिकामा प्रहरी चौकी स्थापनाको तयारी भइरहेको छ ।
सम्बन्धित गाउँपालिकाको सिफरिसमा उक्त दुई स्थानमा प्रहरी चौकी स्थापना गर्न गृह मन्त्रालयबाट स्वीकृती प्राप्त भइसकेको छ ।
गृहबाट अनुमति प्राप्त भइसकेको भएपनि अहिले कोरोना महामारीका कारण काम अगाडि बढाउन ढिलाई भएको प्रहरीले जनाएको छ ।
अहिले दार्चुलाका २९ स्थानमा नेपाल प्रहरीको युनिट स्थापना भएका छ । नयाँ संरचना अनुसार नौ वटै स्थानीय तहमा कम्तिमा एउटा प्रहरी युनिट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाका कुल प्रहरी युनिटमध्ये १० वटा युनिट महाकाली नगरपालिका क्षेत्रमा मात्रै रहेका छन् ।
सबै स्थानीय तहमा प्रहरीको उपस्थिति रहेपनि शान्ती, सुरक्षालाई थप मजबुत बनाउन लेकम गाउँपालिकाको केन्द्र रातामाटा र व्यास गाउँपालिकामा गरी दुई वटा प्रहरी युनिट थप गर्न लागिएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।





प्रतिक्रिया