दार्चुला । महाकाली नगरपालिकाले जिल्ला अस्पताल दार्चुलालाई अक्सिजन व्यवस्थापनका लागि ५ लाख रुपैया सहयोग गर्ने भएको छ ।
कोरोना संक्रमण बढिरहेका बेला अस्पतालमा हुने अक्सिजन अभावलाई लक्षित गर्दै त्यसको व्यवस्थापनका लागि ५ लाख सहयोग गर्ने निर्णय गरिएको महाकाली नगरपालिका नगरकार्यपालिकाले जनाएको छ ।
नगरप्रमुख हंशराज भट्टको अध्यक्षतामा शनिवार बसेको नगरकार्यपालिकाको बैठकले जिल्ला अस्पताल दार्चुलामा अक्सिजन व्यवस्थापनका लागि सहयोग दिने निर्णय गरेको नगरप्रवक्ता पुस्कर राज जोशीले बताउनुभयो । यो रकम जनतासँग नगरप्रमुख कार्यक्रम अन्तर्गत दिइन लागेको बताइएको छ ।
यस्तै नगरबासीलाई खोप उपलब्ध गराउन नगरपालिकाले आफै खोप किन्ने र त्यसका लागि सरकारलाई अनुमतिको माग गर्ने निर्णय गरेको छ ।
अहिले नगरपालिकामा खोप पाउने १५ हजार १ सय ७१ जनालाई खोप लगाउन बाँकी रहेको छ ।





प्रतिक्रिया