सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं : विपक्षी गठबन्धन (विज्ञप्तिसहित)

दार्चुला । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा जनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार विहान बसेको बैठकमा विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बताएका हुन् ।

संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन सबैमा अपील गर्दै नेताहरुले भनेका छन्, ‘लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।’

कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी नेतृ दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेताहरुले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?