प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोलीद्वारा गोकुलेश्वर क्षेत्रको अनुगमन

दार्चुला । प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशी नेतृत्वको टोलीले शैल्यशिखर नगरपालिका वडा नम्बर ९, मा अवस्थित गोकुलेश्वर बजार सहित शैल्यशिखर नगरपालिकाले निमार्ण गरेको आइसोलेसन सेन्टरको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा आइतबार बिहान गोकुलेश्वर पुग्नुभएका प्रमुख जिल्ला अधिकारी जाशीले गोकुलेश्वरमा निषेधाज्ञाको पालना सन्तोषजनक रहेको र नगरपालिकाले निमार्ण गरेको आइसोलेसनमा अहिले संक्रमितहरु नभएपनि व्यवस्थित रहेको प्रतिक्रिया दिनुभयो ।

दार्चुला जिल्लामा एक महिनादेखि जारी गरिएको निषेधाज्ञाको समयावधि यहिं जेठ २० गते सम्म रहेको बताउदैं प्रजिअ जोशीले मंगलबार जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठक बोलाइएको र सोहि दिन निषेधाज्ञा लम्ब्याउने अथवा यसको मोड्यालिटी परिवर्तन गर्ने भन्ने बारे छलफल गरि निर्णय लिइने जानकारी दिनुभयो ।

अनुमगम टोलीमा प्रमुख जिल्ला अधिकारी जोशीसहित सशस्त्र प्रहरी बल प्रमुख एसएसपी नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?