दार्चुला । नेपाल सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र पालिकाका लागि झण्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो ।
आउँदो आर्थिक वर्षका लागि तीन खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र पालिकामा जाने भएको हो ।
यसै अन्तरगत दार्चुलाका ९ ओटा स्थानीय तहमा चालु तर्फ २ अर्ब ५४ करोड ७ लाख र पुजिगत तर्फ ४५ करोड २७ लाख गरि जम्मा २ अर्ब ९९ करोड ३४ लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।
दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको दार्चुलामा २ नगरपालिकाका लागी ८७ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सात वटा गाउँपालिकाका लागी २ अर्ब १२ करोड ३२ लाख रुपैया बजेट संघ सरकारबाट प्राप्त भएको छ।
सबैभन्दा बढी महाकाली नगरपालिकामा ३८ करोड ४ लाख चालु र ७ करोड २६ लाख पुजिगत गरि कुल ४५ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।
शैल्यशिखर नगरपालिकामा चालुतर्फ ३७ करोड ३४ लाख र पुजिगत तर्फ ४ करोड ३८ लाख गरि कुल ४१ करोड ७२ लाख रुपैया विनियोजन गरिएको छ ।
मालिकार्जुन गाउँपालिकामा चालु तर्फ ३१ करोड ९१ लाख र पुजिगत तर्फ ३ करोड ३८ लाख गरि कुल ३५ करोड २९ लाख बजेट विनियोजन गरिएको छ ।
नौगाड गाउँपालिकामा चालु तर्फ २६ करोड ९७ लाख र पुजिगत तर्फ ७ करोड ८६ लाख गरि कुल ३४ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ ।
मार्मा गाउँपालिकामा चालु तर्फ २६ करोड ८७ लाख र पुजिगत तर्फ ६ करोड १५ लाख गरी ३३ करोड २ लाख बजेट विनियोजन गरिएको छ ।
लेकम गाउँपालिकामा चालु तर्फ २९ करोड ८८ लाख र पुजिगत तर्फ १ करोड ७० लाख गरि कुल ३१ करोड ५८ लाख रुपैया बजेट विनियोजन गरिएको छ।
व्यास गाउँपालिका चालु तर्फ २२ करोड ६६ लाख र पुजिगत तर्फ ५ करोड १५ लाख गरि २७ करोड ८१ लाख बजेट विनियोजन गरिएको छ ।
दुहुँ गाउँपालिकामा चालु तर्फ २२ करोड ६२ लाख र पुजिगत तर्फ ४ करोड ७१ लाख गरि २७ करोड ३३ लाख बजेट विनियोजन गरिएको छ ।
अपिहिमाल गाउँपालिकामा सबैभन्दा कम चालु तर्फ १७ करोड ७८ लाख र पुजिगत तर्फ ४ करोड ६८ लाख गरि कुल २२ करोड ४६ लाख रुपैया विनियोजन गरिएको छ ।






प्रतिक्रिया