दार्चुलामा थप तीन जनामा कोरोना पुष्टि, छ जना संक्रमणमुक्त

दार्चुला । दार्चुलामा आईतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको एन्टीजेन परिक्षणमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा जिल्लाको शैल्यशिखर नगरपालिकाका दुई जना र मालिकार्जुन गाउँपालिकाका एक जना रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआर्इसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

आज थपिएका सहित दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भया यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ सय ७६ पुगेको छ ।

हाल सम्म जिल्लाको महाकाली नगरपालिकामा १ सय ७० जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकामा ९२ जनामा, अपिहिमाल गाउँपालिका १ सय ७ जनामा, ब्याँस गाउँपालिकामा ३० जनामा, दुहुँ गाउँपालिकामा ७० जनामा, मार्मा गाउँपालिकामा ४८ जनामा, नौगाड गाउँपलिकामा ५४ जनामा, मालिकार्जुन गाउँपालिकामा ४३ जनामा र लेकम गाउँपालिकामा ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार दार्चुलामा थप ६ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै दार्चुलामा हालसम्म कोरोना मुक्त हुनेको संख्या ५ सय ३९ पुगेको छ।

कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा संक्रमणको कारण ११ जनाको ज्यान गएको छ।

पछिल्लो समय संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । संक्रिय संक्रमितको संख्या १२६ रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?