८ मन्त्री र २ राज्यमन्त्री सहित जसपा सरकारमा सहभागी हुने

दार्चुला । आठ मन्त्री र २ राज्यमन्त्री लिएर जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच सोमवार बालुवाटारमा भएको छलफलमा ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने गरी सहमति जुटेको हो ।

८ मध्ये ६ वटा पूर्व माओवादी खेमाका मन्त्रीहरू जिम्मेवारीविहीन भएपछि रिक्त भएका मन्त्रालय छन् । गृहमन्त्रालय भने जसपाले नपाउने भएको छ ।

सरकारमा सहभागी हुने र अन्य विषयमा साेमवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको जसपाकाे ठाकुर समूहले सकभर यसै हप्ताभित्र सहभागी हुने जानकारी दिएको हो ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरूले आज प्रधानमन्त्रीसँग जसपाले उठाएका माग र सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । पूरा हुन बाँकी माग छिटै सम्बोधन हुने र आफूहरू पनि सरकारमा सहभागी हुने कुरा छलफलमा भएको नेता कर्णले जानकारी दिनुभयो ।

सरकारमा जाने कुरा सके एक/दुई दिनभित्रै, नसके यो हप्ताभित्र टुङ्गिने नेता कर्णको भनाइ छ । सरकारमा जाने भएपछि सम्मानजनक स्थानका लागि केही शक्तिशाली मन्त्रालय पाउने गरी कुरा भएको कर्णले जानकारी दिनुभयो । अहिले मधेश आन्दोलनका क्रममा जेलमा रहेकाहरूलाई छुटाउने, उनीहरूलाई राहत र क्षतिपूर्ति, संविधान संशोधनलगायतका मुद्दामा आफूहरू धेरै केन्द्रित रहेको कर्णले बताउनुभयो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने सरकारमा जाने तयारी गरेको भन्दै ठाकुरसहितका नेतालाई स्पष्टीकरण सोधेको छ । यो पक्ष विपक्षी गठबन्धनसँगै प्रतिनिधि सभा विघटनको विरुद्धमा रहेको छ । जसपामा ठाकुर पक्षले पनि यादव पक्षलाई स्पष्टीकरण सोधिसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?