दार्चुलामा जेठ ३० गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफरिस

दार्चुला । दार्चुला जिल्लामा जेठ ३० गतेसम्म निषेधाज्ञा लम्व्याउन सिफारिस गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको मंगलबार (आज) बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार जेठ ९ गते प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जेठ २० गते सम्मका लागि जारी गरेको निषेधाज्ञा आदेशको अवधि जेठ ३० गते राती १२ बजे सम्मका लागि थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा कोरोना संक्रमित थपिने क्रम नरोकिएकोले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले चौथो पटक जेठ ३० गतेसम्मका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।

निषेधाज्ञा अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला, जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने बताइएको छ ।

निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिने जनाइएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घ संस्थाका प्रतिनिधिको सुझाब तथा सिफारिसमा चौथो पटक निषेधाज्ञा थप गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?