थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ संक्रमण मुक्त

दार्चुला । पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६ हजार ८ सय ९८ जना निको भएका छन् । भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ४ सय ५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।
यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७ सय ८९ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?