दार्चुलामा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ सय नजिक

दार्चुला । दार्चुलामा मंगलबार (आज) थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परिक्षणमा जिल्लामा आज थप ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ सय ९८ पुगेको छ । आज कोरोना संक्रमण पुष्टि हुनेमा अपिहिमाल गाउँपालिकाका २९ जना, लेकम र नौगाड गाउँपालिकामा तीन/तीन जना, महाकाली नगरपालिकामा २ जना र मार्मा र दुहुँ गाउँपालिकामा एक/एक जना रहेका छन ।

दार्चुलामा सोबार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन अघि ओरालो लागेको कोरोना संक्रमण फेरी उकालो लाग्न थालेको छ । जिल्लामा हिजो र आज मात्रै १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दुई दिनको अवधिमा ११ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा हाल सम्म एन्टीजेन र पिसिआर दुबै विधिबाट ३ हजार ७ जनाको कोरोना परिक्षण गर्दा ७ सय ९८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल सम्म जिल्लाको महाकाली नगरपालिकामा ५ सय ८२ जनाको कोरोना परिक्षण गर्दा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकामा ५ सय २५ जनाको परिक्षण गर्दा ९७ जनामा, अपिहिमाल गाउँपालिकामा ६ सय १ जनाको कोरोना परिक्षण गर्दा २ सय जनामा, ब्याँस गाउँपालिकामा १ सय १४ जनाको परिक्षण गर्दा ३७ जनामा, दुहुँ गाउँपालिकामा १ सय १५ जनाको परिक्षण गर्दा ७१ जनामा, मार्मा गाउँपालिकामा २ सय ७ जनाको परिक्षण गर्दा ४९ जनामा, नौगाड गाउँपालिकामा २ सय १४ जनाको परिक्षण गर्दा ५७ जनामा, मालिकार्जुन गाउँपालिकामा ३ सय ६७ जनाको परिक्षण गर्दा ४६ जनामा र लेकम गाउँपालिकामा १ सय ९२ जनामा परिक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दार्चुलामा हाल सम्म ५ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन । स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार अहिले दार्चुलामा २ सय ३८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन । कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा तीन महिला सहित ११ जनाको संक्रमणको काराण ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?