२४ घण्टामा ६,८२५ जनामा कोरोना पुष्टि, ५,९०४ संक्रमण मुक्त

दार्चुला । गएको २४ घण्टामा नेपालमा ६ हजार आठ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय ११ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार आठ सय २५ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ७६ हजार नौ सय ३६ पुगेको छ । अहिले एक लाख एक हजार आठ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गएको २४ घण्टामा पाँच हजार नौ सय चार जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या चार लाख ६७ हजार चार सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप ७५ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या सात हजार ६ सय ३० पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?