दार्चुलामा शुक्रबार थप २८ जनामा कोरोना पुष्टि, २२ जना संक्रमण मुक्त

दार्चुला । दार्चुलामा शुक्रबार थप २८ जनामा कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एन्टीजेन विधिबाट गरिएको परिक्षणमा जिल्लामा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार कोरोना पुष्टि हुनेमा नौगाड गाउँपालिकाका १६ जना रहेका छन । त्यस्तै महाकाली नगरपालिकाका ४ जना, लेकम गाउँपालिकाका ५ जना, मार्मा गाउँपालिकाका २ जना र शैल्यशिखर नगरपालिकाका १ जना रहेका छन ।

आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ सय ६० पुगेको छ। त्यस्तै शुक्रबार थप २२ जना कोरोना संक्रमण मुक्त भएका छन ।

यो संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ सय पुगेको छ।

हाल सम्म जिल्लाको अपिहिमाल गाउँपालिकामा सबैभन्दा बढी २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै महाकाली नगरपालिकाका १ सय ८१ जनामा, शैल्यशिखर नगरपालिकाका १ सय १ जनामा, नौगाड गाउँपालिकाका ७५ जनामा, लेकम गाउँपालिकाका ७३ जनामा, दुहुँ गाउँपालिकाका ७१ जनामा, मालिकार्जुन गाउँपालिकाका ६८ जनामा, मार्मा गाउँपालिकाका ५२ जनामा र ब्याँस गाउँपालिकाका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा ११ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?