दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ कठेकुडामा सडक र विद्युत पोलको कारण घर जोखिममा परेको भन्दै सडक सुधार तथा जोखिम न्यूनिकरणको माग गर्दै सडक बन्द गरिएको छ ।
गोकुलेश्वर रिठाचौपाता सडक अन्तरगत सिरोडा (कठेकुडा) क्षेत्रमा सडक बन्द गरिएको स्थानीय पुरुषोत्तम बिष्ट (अमित) ले जानकारी दिनुभयो । एक वर्ष पहिले देखि सडक सुधार र विद्युत पोल स्थानान्तरणको माग राख्दा समेत सुनुवाइ नभएपछि सडक बन्द गर्नुपरेको उहाँको भनाई छ ।
कठेकुडामा केशब बिष्टको घर माथिबाट सडक धसिएर पर्खाल भत्कीन थालेकोले घर उच्च जोखिममा परेपछि सडक सुधारको लागि गाउँपालिकासंग पटकपटक माग राख्दापनि सम्बोधन नभएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको बिष्टको भनाई छ ।
सडक सुधारको काम गरिदिन तथा आवश्यक राहात उपलब्ध गराउन माग गर्दै घरधनी पुरुषोत्तम बिष्ट विहिबार र शुक्रबार गाउँपालिका केन्द्र गएपनि उचित क्षतीपुर्ती नपाएपछि सडक बन्द गर्नुपरेको बताइएको छ ।
स्थानीयहरुले सडक सुधारका साथै विद्युत माग गर्दै सडक बन्द गरेको बिष्टको भनाई छ ।
अहिले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसंग समन्वय भइरहेको बुझिएको छ ।





प्रतिक्रिया