भौतिक पुर्वाधार मन्त्रालयबाट दार्चुलाका २३ योजनामा बजेट (सूचिसहित)

दार्चुला । नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट दार्चुलाका विभिन्न २३ योजनाहरुमा बजेट विनियोजन गरिएको छ ।

अगामी आर्थिक बर्ष २०७८/०७९ मा कार्यान्वयनका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट प्रकासित विवरण अनुसार २३ योजनामा बजेट विनियोजन गरिएको छ ।

सरकारले प्राथमिकताका साथ निर्माण गरिरहेको महाकाली करिडोर (कञ्चनपुरदेखि दार्चुला सदरमुकाम खलंगा हुँदै तिकंर जोड्ने सडक) मा एक अर्ब तीन करोड बजेट विनियोजन गरिएको छ । सामरिक महत्तको यो सडक निर्माण सम्पन्न भए दार्चुलासहित सिगों सुदूरपश्चिम प्रदेशले धार्मीक, आर्थिक, व्यापारीक र पर्यटकीय दृष्टिकोणले लाभ लिन सक्ने जानकारहरु बताउछन् ।

यस्तै स्थानीय सडक पुल अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका र दार्चुलाको लेकम गाउँपालिकाको सीमा क्षेत्र धनथलामा पक्कि पूल निर्माणका लागि ४७ लाख ५० हजार, मार्मा गाउँपालिकाको पारिबगर खोला पुल निर्माणका लागि ४७ लाख ५० हजार र नौगाड गाउँपालिकाको नौगाड पुलका लागि १३ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तरगत खलंगा–खार–बिटुले–पारीबगर–खण्डेश्वरी सडकको काँटै–होपरीगाड खण्डको १० किलोमिटर र बिटुले पारीबगर खण्डको १० किलोमिटर क्षेत्रका लागि एक करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

रणनैतिक पुल योजनाहरु अन्तरगत लास्कुघाट पुलमा एक करोड, श्रीबगर निजाङ्ग पुलमा २० लाख, धौलिगाड खोला पुलमा ५० लाख, घट्टेखोला पुलमा १५ लाख, अर्को घट्टेखोला पुलमा ५० लाख बजेट विनियोजन गरिएको छ । यस्तै कचालिघाट पुलमा ५० लाख, सुरकाडा खोला पुलमा १५ लाख, काकडीगाड पुलमा एक करोड, खोलेगाड खोला पुलमा ५० लाख, मेलकोट (सिसली) खोला पुलमा ५० लाख, कालागाड पुल दुहुँ २ र ५ मा ३० लाख र कुरकुर पुल दुहुँ १ र २ मा ३० लाख बजेट विनियोजन गरिएको छ ।

सडक पुर्वाधार विकास कार्यक्रम अन्तर्गत देथला खार खलंगा सडकमा २४ लाख, विटुले पारिवगर खण्डेश्वरी सडकमा २४ लाख, भर्तोला–उकु–शेरा सडकमा २४ लाख र तिमुरबाटा–बनानी–हुती सडकमा २४ लाख बजेट विनियोजन गरिएको छ ।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत गोकुलेश्वर–देथला–खार–खलंगा सडकमा दुई करोड र सतबाँझ–थकतोली–दार्चुला–तिंकर सडकको गोकुलेश्वर–दार्चुला सडक खण्डमा पाँच करोड बजेट विनियोजन गरिएको पूर्वमन्त्री एबं नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

उल्लेखित योजनाहरु भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतका मात्रै भएकोले अन्य मन्त्रालयबाट समेत दार्चुलाको विभिन्न क्षेत्रमा योजनाहरु परेको ठगुन्नाले बताउनुभयो । अगामी आर्थिक वर्षमा कार्यान्वयनका लागि मन्त्रालयहरुले योजना तथा कार्यक्रम सार्वजनिक गर्न थालेका छन् ।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?