दार्चुलामा असार १० गतेसम्म निषेधाज्ञा लम्बियो

दार्चुला। दार्चुलामा जारी निषेधाज्ञा असार १० गते सम्म लम्ब्याइएको छ । आइतबार (आज) बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सिफारिश गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले आगामी असार १० गतेसम्म निषेधाज्ञा थपेको हो ।

यसअघि जारी निषेधाज्ञा आइतबार (आज) राती १२ बजे सकिदैछ । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले असार १० गते राती १२ बजेसम्म लागू हुनेगरि पाँचौ पटक निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो।

निषेधाज्ञा जारी राखेपनि केहि मापदण्डहरु खुकुलो पारिएको छ । सोमबारदेखि बजार बिहान ६ बजेदेखि १० बजेसम्म र बैंक तथा वित्तिय संस्थाहरु बिहान ९ः३० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

यसअघि जिल्लामा खाद्यान्न, तरकारी फलफूल, दुग्धजन्य पसल बिहान ४ घण्टा र बैंक तथा बित्तिय संस्थाहरुले बिहान २ घण्टा मात्रै सेवा दिइरहेका थिए । अहिले संक्रमण दरमा केहि कमी आएको र व्यवसायी र सेवाग्राहीहरुको मागलाइ समेत मध्यनजर गरेर समय थप गरिएको प्रशासनले जनाएको छ ।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?